समाचार

परराष्ट्रमन्त्री आर्जुले भोलि मोदीलाई भेट्ने

Banner

काठमाडौँ, भदौ २-

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न भएकी छिन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री देउवाले सोमबार प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम तय भएको हो ।

परराष्ट्रमन्त्री देउवाको भारत भ्रमणको तालिकामा प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम समावेश छैन । सोमबार नै मलेसियाका प्रधानमन्त्री भारत भ्रमणमा जान लागेका छन् । त्यसमा प्रधानमन्त्री मोदी व्यस्त हुने भएपछि समय मिल्छ कि मिल्दैन भनि अन्योल थियो तर प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाले भेट्ने तय भएको मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्री एस जयशंकरलाई भेटेपछि प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भेट्ने समय भने तय भइसकेको छैन । परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने र दुई देशको हितको बारेमा कुराकानी हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>