समाचार
रोल्पामा चर्चमाथि पहिरो खस्यो, एक जनाको मृत्यु
०

दाङ, भदौ २-
रोल्पामा चर्चमाथि पहिलो खस्दा एक जनाको मृत्यु भएको छ। अर्की एक किशोरी घाइते छिन्। आइतबार बिहान ४ बजेतिर जिल्लाको रोल्पा नगरपालिका – २ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीका अनुसार पहिरोमा परी रोल्पा नगरपालिका – १० धाङ्सी घर भइ सोही चर्चमा बस्दै आएकी धनजित बुढा मगरको मृत्यु भएको हो। पहिरोका कारण जिल्लाको सुनछहरी गाउँपालिका-३ मौलावन घर भइ सोही चर्चमा बस्दै आएकी १८ बर्षीया नौभा घर्ती मगर घाइते भएकी छन् । घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार जारी रहेको प्रहरी निरीक्षक बराकोटीले जानकारी दिए। चर्चामा १० जना बस्दै आएको भएपनि अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























