चितवन विशेष
मोड्ने क्रममा रहेको बसमा ठोक्किएर मोटरसाइकलमा सवार ४ जना घाइते
०

चितवन, भदौ २-
पूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले चोकस्थित बसपार्कमा मोड्ने क्रममा रहेको बसमा ठोक्किएर मोटरसाइकलमा सवार ४ जना घाइते भएका छन् ।
ना २ ख ४७२१ नम्बरको बस मोड्ने क्रममा शनिवार ११ बजेको समयमा बागमती प्रदेश०३–००५ प ६२६२ नम्बरको मोटरसाइकल बसको ड्राइभर पट्टिको ढोकातिर ठोक्किएको थियो ।
बसमा ठोक्किएर मोटरसाइकल चालक मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३६ वर्षीय सनम न्यासुर (अवस्था सामान्य), मोटरसाइकलमा सवार सोहि ठाउँ बस्ने २६ वर्षीय संञ्जय घलान (सामान्य), ७ वर्षीय सर्वेस न्यासुर(मध्यम) र २ वर्षीय अन्य न्यासुर (मध्यम) रहेका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























