समाचार

प्रतिवेदन लेखनको तयारीमा सहकारी छानविन समिति

Banner

काठमाडौँ, भदौ १-

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ । शनिवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति सुर्य थापाले यस्तो बताएका हुन् ।

उनले समिति शोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताए । उनले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरुसँग बयान लिने काम लगभग सकिएको बताए । उनले आजको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुईवटा संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर शोधपुछ गरेको बताए ।

उनले पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग संवद्ध मधुसुदन पाठकसँग शोधपुछ गरेको पनि बताए । उनले भने, ‘शोधपुछको अन्तिमतिर लागेका छौँ । शोधपुछलाई तथ्य प्राप्तिको उद्देश्यअनुसार गरिरहेका छौँ । सहकारी ठगी र अरु विभिन्न मुद्दामा जेलमा रहेका व्यक्तिहरु सहकारीका मुख्य व्यक्तिहरु रहेको कारणले उनीहरुलाई नै नसोधी तथ्यमा पुग्न सक्दैन थियौँ । यो क्रम छिटो टुंग्याउने र प्रतिवेदन लेखनको कामलाई अन्तिम रुपमा त्यस काममा केन्द्रित हुनेगरी जुट्नेछौँ ।’

उनले समितिले धरान उपमहानगरपालिकको नियमनमा रहेको बराह वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि शोधपुछ गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>