अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा परेर कम्तीमा १० जना लेबनान नागरिकको मृत्यु

Banner

बेरुट, भदौ १

लेबनानको दक्षिणी सहर नाबातीहमा इजरायलले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । यस भवनमा सिरियाली शरणार्थीहरू बस्दै आएको स्वास्थ्य मन्त्री फिरास अबियादले जानकारी दिएका हुन्।

लेबनानको सरकारी समाचार एजेन्सीले मारिनेमा दुई बालबालिकासमेत रहेको जनाएको छ । इजरायलले भने हिजबुल्लाहको हतियार गोदामलाई निशाना बनाएको बताएको छ ।

लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाह कमाण्डर मारिएपछि दुई देशबिचको तनाव निकै बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>