अन्तर्राष्ट्रिय

भारतमा डाक्टरको बलात्कारपछि हत्याः देशभरका चिकित्सक विरोध प्रदर्शनमा

Banner

नयाँ दिल्ली,भदौ १-

कोलकाताको आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि विभत्स तरिकाले हत्या गरिएको थियो। यो घटनाको विरोध गर्दै भारतभर शनिबार पनि चिकित्सकहरूले विरोध प्रदर्शन गरिरहेका छन् । इन्डियन मेडिकल एसोसिएसनले कोलकाता घटनाको विरोधमा अगस्ट १७ मा सबै मेडिकल सेवा बन्द गर्ने निर्णय गरेको छ ।

सूचनामा आईएमएले लेखेको छ– हामीले अगस्ट १७ मा बिहान ६ बजेदेखि २४ घण्टाका लागि चिकित्सा सेवा बन्द गर्ने निर्णय गरेका छौँ । यस अवसरमा ओपीडी र शल्यक्रिया सेवा बन्द रहनेछ। इमर्जेन्सी सेवाहरू जारी रहने बताइएको छ।

आईएमएको हडतालसँगै भारतभरका सरकारी अस्पतालमा काम ठप्प भएको बीबीसी समाचारमा जनाइएको छ। चिकित्सा सेवा बन्द हुँदा विभिन्न सहरका बिरामीले निकै समस्या भोग्नु परेको जनाइएको छ । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै मुम्बईको जियोन अस्पतालमा बिरामीका आफन्तले भने, हामीले समस्याको सामना गरिरहेका छौं। यहाँ वार्ड पनि बन्द छ । कोलकातामा भएको घटनालाई लिएर चिकित्सकहरु हडतालमा छन् । पहिलेको तुलनामा डाक्टरको संख्या पनि कम छ ।

कोलकाता घटनामा सीबीआईले अनुसन्धान सुरु गरेको जनाइएको छ । बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>