अन्तर्राष्ट्रिय

चीनले ग्रेट वालमा मानवरहित हवाई सेवामार्फत आवश्यक सामग्री पठाउन थाल्यो

Banner

चीन, भदौ १-

चीनले ग्रेट वालको बादलिङ खण्डमा पहिलो मानवरहित हवाई सेवा अर्थात् ९यूएभी० मार्फत आवश्यक सामग्री पठाउन शुरु गरेको छ । मानवरहित हवाई सेवालाई सामान्यतया ड्रोन भनेर बुझिन्छ । पर्यटकलाई राहत तथा आपतकालीन सामग्री छिनभरमै पुर्‍याउन सेवा शुरु गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सुविधाको अभावमा पर्यटकलाई पिउने पानीलगायतको आपूर्तिमा समस्या हुँदै आएको छ । ग्रेट वालको सबैभन्दा लोकप्रिय खण्डमध्ये, बादलिङ रमणीय क्षेत्र पहिलो पटक सन् १९५८ मा पर्यटकका लागि खोलिएको थियो । ग्रेट वालको कुल लम्बाइ बीस हजार किलोमिटरभन्दा धेरै छ ।

यसमा उत्तरको बेइजिङ, हेबेई र भित्री मङ्गोलिया र उत्तरपश्चिममा गान्सु र सिनजियाङलगायत १५ प्रान्तीय–स्तरका क्षेत्रहरू फैलिएको छ । चीनको ‘ग्रेट वाल’ विश्वको ७ औँ आश्चर्यका रुपमा चिनिन्छ । ग्रेट वाल हेर्न हरेक वर्ष एक करोडभन्दा धेरै पर्यटक पुग्ने गर्छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>