समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
०

काठमाडौं, भदौ १-
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ ।
शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।
झाविरुद्धको मुद्दा शुक्रबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा सकिएको हो । अब आइतवार थुनछेक बहस सकिएपछि साधारण तारेख तथा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश आउने छ ।
झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको छ । ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























