चितवन विशेष

भरतपुरको धारेचोकमा बसिरहेका व्यक्ति माथि स्कुटरमा आएका मानिसद्धारा चिरपट प्रहार

Banner

चितवन, साउन ३२-

चितवनको भरतपुर महानगरपालिका ९ स्थित धारेचोकमा बसिरहेका एक व्यक्तिलाई स्कुटरमा आएका मानिसले चिरपट दाउरा प्रहार गरेका छन् । बिहिबार राति १० बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका २ स्थायी घर भई धारेचोक बस्दै आएका ४५ बर्षिय शंकर थिङलाई स्कुटरमा आएका दुई जना व्यक्तिले बसिरहेको अवस्थामा पछाडिबाट चिरपट प्रहार गरेका हुन् ।

चिरपटले हानेर गम्भिर घाइते भएका थिङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । थिङलाई अपरिचत व्यक्तिले पछाडिबाट चिरपटले हानेर फरार रहेको प्रहरीले बताएको छ । अहिले उनिहरुको खोजिकार्य भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>