बाढि पहिरो
थामे बाढीमा फसेका ७ जनाको उद्धार
०

काठमाडौं, साउन ३२-
सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो ।
‘बाँकी मानवीय क्षतिबारे विवरण आएको छैन, हामी बुझ्दैछौं’, पाण्डेले भनिन् ।
पाण्डेका अनुसार थामे गाउँमा पसेको थामेखोलाको बाढीले ३ वटा बगाएको छ भने केहीघर अति जोखिममा छन् । आज दिउँसो सोलुखुम्बुको दूधकोशीको सहायक खोला थामे खोलामा आएको बाढीले थामे गाउँलाई क्षति पुर्याएको छ । तस्बिरः रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























