चितवन विशेष

सप्तगण्डकी क्याम्पसले परिवर्तित समयमा उच्चशिक्षाः पाठ्यक्रम, शैक्षणिक विधि, मूल्यांकन पद्धती र नेतृत्व कार्यक्रम गर्दै

Banner

चितवन, साउन ३२-

चितवनमा “परिवर्तित समयमा उच्चशिक्षाः पाठ्यक्रम, शैक्षणिक विधि, मूल्यांकन पद्धती र नेतृत्व” कार्यक्रम हुने भएको छ ।

भोलि (शनिबार) सप्तगण्डकी बहुमुखी क्याम्पसको अनुसन्धान विभागले विश्वविद्यालय अनुदान आयोग, विस्तारित कार्यसम्पादनमा आधारित अनुदान अन्तर्गत रहेर पाठ्यक्रम, शैक्षणिक विधि, मूल्यांकन पद्धती र नेतृत्व कार्यक्रम गर्न लागेको हो ।

क्याम्पस प्रमुख खिमलाल दाहालका अनुसार माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा क्याम्पसका क्याम्पस प्रमुखज्यूहरुको सहभागितामा हुने कार्यक्रमको प्रमुख अतिथी रजिष्ट्रार, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरकी प्रा.डा.शारदा थपलिया, काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशनका डीन प्राध्यापक डा. बालचन्द्र लुइँटेललगायतको सहभागीता रहने छ ।

उनले कार्यक्रम भरतपुर महानगरपलिका ११ मा रहेको मलेवा व्यान्वयुटमा बिहान ८ बजेदेखि सुरु हुने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>