चितवन विशेष
चितवनमा ब्रिज इन्टरनेशनल परामर्श केन्द्र सञ्चालनमा

चितवन, साउन ३१-
चितवनमा ब्रिज इन्टरनेशनल परामर्श केन्द्र सञ्चालनमा आएको छ । आज (बिहिबार)एक कार्यक्रमको आयोजना गर्दै ब्रिज इन्टरनेशनल परामर्श केन्द्रले भरतपुर महानगरपालिका १० रिजालचोकबाट चितवनको पहिलो शाखा सञ्चालनमा ल्याएको हो ।
सन् २०१५ बाट सञ्चालनमा आएको यस परामर्श केन्द्रले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै अष्ट्रेलिया, न्यूजरल्याण्ड, लण्डन, अमेरीका, क्यानेडा, आयरल्याण्ड, फ्रान्स, जर्मनी जस्ता देशमा पठाउँदै आएको छ ।
वैदेशिक शिक्षा, यस सम्बन्धी परामर्श र प्रक्रियाको क्षेत्रमा ब्रिजले काम गर्दै आएको परामर्श केन्द्रका प्रमुख भूवन गिरीले जानकारी दिए । उनका अनुसार ब्रिजले नैतिक हिसाबले विद्यार्थी कुन देशमा कस्तो शिक्षा हासिल गर्दा राम्रो हुन्छ भन्ने विषयलाई मुख्य प्राथमिकता दिएको छ । उनले भने, ‘एक देशमा मात्रै विद्यार्थीको भविष्य बन्न नसक्ने भएकोले हामीले विभिन्न देशलाई विकल्पमा राखेर परामर्श दिएका छौँ । साथै हामीले कुन विश्वविद्यालयमा विद्यार्थीले योग्यता अनुसार छात्रवृद्धि प्राप्त गर्न सक्छ, विदेश जाँदा नेपालबाट कस्तोे सिप सिकेर जाने भन्ने जस्ता विषयलाई पनि मध्यनजर गर्दै आएका छौँ ।’
विद्यार्थीलाई योग्यता अनुसार छात्रवृद्धिको राम्रो व्यवस्था मिलाउँदै उच्च शिक्षा हासिल गरेपछि पुन नेपालमै फर्केर आउन भन्ने उद्देश्यले परामर्श दिदैँ आएको उनले जानकारी दिए ।
चितवनसँगै काठमाडौँको नयाँबानेश्वर, कमलादी, महाराजगञ्ज, बिर्तामोड, इटहरी, विराटनगर, नेपालजङ्ग, धरान लगायत लण्डन र अष्ट्रेलियाको सिड्नीमा गरी ब्रिजको हालसम्म ११ वटा शाखा सञ्चालनमा आएको छ ।



























