इच्छकामना
पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
०

चितवन,साउन ३०-
मंगलबार रातिदेखिको वर्षासँगै आएको पहिरोले अबरूद्व पृथ्वी राजमार्ग पहिरो पन्छाएसंगै सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ३ चुम्लिङटार र मौवाखोलामा बुधबार बिहान पहिरो खस्दा सडक दुइतर्फी अबरुद्ध भएको थियो भने इच्छाकामना गाउँपालिका वडा नम्वर ५ मनकामनामा पहिरोले सडक एकतर्फी सञ्चालनमा आएको थियो । चुम्लिङटार र मौवाखोलाको पहिरो पन्छाएर बिहान ८ः२० बजेदेखि सडक दुइतर्फी रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मनकामनामा पनि पहिरो पन्छाएर दुइतर्फी सवारीसाधन सञ्चालनको तयारी भइरहेको छ ।
अहिले राजमार्गमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन । बिस्तारको क्रममा रहेको यो राजमार्गमा ठूलो पानी पर्नासाथ पहिरो खसेर अबरुद्ध हुने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























