घटना -दुर्घटना
सल्यानमा ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु
०

दाङ, साउन २७-
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ।
सल्यानको प्रहरी चौकी कपुरकोटमा कार्यरत सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९ का प्रहरी जवान महेन्द्र विकको मृत्यु भएको हो।
शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जीगाउँ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले बा। प्र ०३–००५– प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
उक्त मोटरसाइकल विकले चलाएका थिए। दुर्घटनामा अर्का एक जना पनि घाइते छन्। उनको उपचार जारी छ। गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























