पहिरो
बाजुरामा पहिरोमा परी चारजना घाइते, दर्जनौँ पशुचौपाया च्यापिए
०

काठमाडौँ, साउन २६-
बाजुरामा पहिरो जाँदा चार जना घाइते भएको छन् ।
शनिबार बिहान ९ बजे बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न ३ बौडीस्थित गोरुखर्कमा वर्षासँगै आएको पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका हुन् ।
हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल बुढाले पहिरोमा परि दर्जनौं पशुचौपाय पुरिएको बताए ।
गोरुखर्कमा ३० परिवार बस्दै आएका थिए। घाइतेको उद्धारका लागि पहल भइरहेको र आफु घटनास्थलमै रहेको वडा अध्यक्ष बुढाले उल्लेख गरे। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलिप गिरीका अनुसार सो ठाउँमा प्रहरीको टोली गइसकेको र दुरीको हिसावमा धेरै टाढा रहेकोले प्रहरी नपुग्दा सम्म क्षतीको एकिन विवरण आउन नसकेको बताए। फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























