अन्तर्राष्ट्रिय

गाजाको एक स्कुलमा इजरायलले आक्रमण कम्तिमा ९० जनाको मृत्यु

Banner

गाजा, साउन २६-

गाजाको एउटा आश्रयस्थलमा इजरायलबाट भएको पछिल्लो हवाई आक्रमणमा कम्तिमा ९० जनाको ज्यान गएको छ । घटनामा केही घाइते भएका गाजाको हमास लडाकु नियन्त्रित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ । विद्यालयमा रहेको आश्रयस्थलमा इजरायली सेनाले हवाई आक्रमण गरेको सिभिल डिफेन्स एजेन्सीका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायलको सेनाले आक्रमण गर्नुको आफ्नो लक्ष्य विद्यालयमा रहेको हमासको कमाण्ड सेन्टर केन्द्रित भएको जनाएको छ । हमास लडाकु समूहले गएको अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमण गरेपछि इजरायलले जबाफी कारवाही गर्दै आएको छ ।

गाजाको हमास समूहद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयकाअनुसार इजरायली आक्रमणबाट अहिलेसम्म ३९ हजार ६ सय जनाभन्दा धेरै प्यालेस्टिनी मारिएका छन् । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>