समाचार

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि कारागार चलान

Banner

काठमाण्डौ, साउन २६-

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् । बिगो रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन् ।

विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख रुपैयाँ रकम बुझाए उनले थुना बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन् । बिगो रकम बुझाउन नसकेमा भने सर्वोच्चबाट मुद्दाको अन्तिम किनारा लाग्नुअघि थुनामै बस्नुपर्छ ।

शर्मा गएको बुधवार सर्वोच्च अदालतमा पुनरावेदन गर्न उपस्थित भएका थिए । कर फर्छ्योट आयोगमा छँदा व्यापारीलाई ठूलो रकम छूट दिएको प्रकरणमा शर्मा दोषी ठहर भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>