समाचार

अमेरिका पठाई दिन्छु भन्दै ५४ लाख ठग्ने २१ वर्षीया लक्ष्मी पक्राउ

Banner

काठमाडौं,साउन २६-

अमेरिका पठाई दिने भन्दै ठूलो रकम ठगेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची घर भएकी २१ वर्षीया लक्ष्मी माझी छिन् । अर्घाखाँचीको पाणीनी गाउँपालिका-७ घर भएर अहिले तारकेश्वर नगरपालिकामा बस्ने माझीले अमेरिका पठाउँछु भनेर ५४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

अमेरिकामा मासिक दुई लाख तलव हुने जागिर मिलाई दिन्छु भनेर पीडितहसँग रकम उठाएपछि उनी फरार भएकी थिइन् । आरोपीलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>