चितवन विशेष

मेट्सको स्टडी अब्रोड ओरिएन्टेसन कार्यक्रम, विद्यार्थीले लिए विविध जानकारी

Banner

चितवन, साउन २६-

उच्च शिक्षा अध्ययनको लागि अधिकांश विद्यार्थीहरुको आकर्षण अष्ट्रेलिया, युके, क्यानडा लगायतका देशमा भएको पाइन्छ । विद्यार्थीहरुको चाहनालाई मध्यनजर गरी मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज शहीदचोक, नारायणगढले शुक्रबार ‘स्टडी अब्रोड ओरिएन्टेसन’ कार्यक्रम आयोजना गरेको छ।

मेट्स चितवन नारायणगढ शाखामा आयोजनामा प्लस टू, ब्याचलर्स र मास्टर्सका विद्यार्थीहरुका लागि लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुका लागि १०० प्रतिशत सम्मको स्कलरशिपको व्यवस्था गरिएको थियो ।

कुन देश अप्लाई गर्दा के–के कुराको आवश्यक पर्छ ? प्रोसेसिङ्ग कसरी गर्ने ? डिपेन्डेण्टमा जानको लागि के कस्ता प्रक्रिया छन् ? सिङ्गल अप्लाई गर्दा के गर्नु पर्छ ? कुन–कुन देशमा कुन लेभल र कुन प्रोग्राममा जानको लागि के–के सुबिधाहरु रहेका छन ? यी सम्पूर्ण प्रश्नहरुको जवाफ विद्यार्थीहरुले प्राप्त गरेको मेट्सले जनाएको छ ।

कार्यक्रममा युके, अष्ट्रेलिया र क्यानडाका बिभिन्न कलेज एवम् युनिभर्सिटीहरुको प्रोग्राम र फि स्ट्र्क्चरको बारेमा जानकारी प्रदान गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>