समाचार

भक्तपुरमा स्कुल बसबाट झरेको विद्यार्थीलाई सोही बसले ठक्कर दिंदा मृत्यु

Banner

भक्तपुर,साउन २६-

भक्तपुरको कटुन्जेमा स्कुल बसबाट झरेको विद्यार्थीलाई सोही बसले ठक्कर दिंदा मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-५ कटुन्जे स्थित तिनधारेमा अक्सफोर्ड प्राक्टिकल स्कुलमा अध्ययनरत ६ वर्षीय रियान्सी नेपाललाई स्कुलको बाग्मती २ क ९९११ नम्बरको बसले बसबाट ओर्ली बाटो क्रस गर्ने क्रममा एक्कासी ठक्कर दिएपछि मृत्यु भएको हो।

भक्तपुर जिल्ला प्रहरी परिसरले शुक्रबार अन्दाजी २ बजे सूर्यबिनायक नगरपालिका-५ का राजकुमार नेपालकी छोरी रियान्सीलाई शुक्रबार ठक्कर दिंदा गम्भीर घाइते भएकी उनलाई डा ईवामुरा अस्पतालमा लगिएको थियो। अस्पतालमा चिकित्सकहरुले २ः२० मा मृत घोषणा गरेका हुन्।

बस चालक भक्तपुर नगरपालिका-२ ख्वामा बस्ने ५९ वर्षाका काँचा डाउपाललाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखी घटनाको विषयमा अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।रियान्सीलाई ठक्कर दिएको सो गाडी भने सल्लाघारीबाट सुबरनेश्वरतर्फ जाँदै थियो। डीएसपी राजन कार्कीले घटनाको खबर पाउनसाथ अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको बताए। डीएसपी कार्कीका अनुसार मृत ६ वर्षीया रियान्सीको शवको पोष्ट मार्टमको लागि भक्तपुरको दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजमा लगिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>