समाचार

इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटियो

Banner

काठमाडौँ, साउन २५-
इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटिएको छ। शुक्रवार काठमाडौको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा किटाणु फेला पारेको हो।

सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि काठमाडौ महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपंक्षी विभागमा पठाएको छ। मिनिरल वाटरको बोटलमा राखिएको पानीमा लार्भाजस्तो वस्तु देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको काठमाडौं महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिए।

प्राविधिक पराजुलीका अनुसार काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सो वाटरमा रहेको लार्भाजस्तो वस्तु किटाणु हो वा होइन परीक्षण गरेर मात्रै कानूनी कारबाहीको प्रक्रियामा अघि बढाउनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>