काठमाडौँ

दरबारमार्गको भ्वाङ परेको सडकमा फसेर इन्स्पेक्टर घाइते

Banner

काठमाडौं, साउन २५-

टुकुचा छोपेर बनाइएको दरबारमार्ग-काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङमा परेर एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन् ।

स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए । सो क्रममा उनी भ्वाङमा फसेर घाइते भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बूढाथोकीको निधार र हातमा चोट लागेको बताए ।

बूढाथोकीको निधार र हातमा चोट लागेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उनी डिस्चार्ज भइसकेको अधिकारीले बताए ।

भ्वाङ परेपछि रातिदेखि नै यहाँ सवारी आवागमन प्रभावित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>