चितवन विशेष

चितवनको क्युएफएक्स सिजी मल र जलमामा धमाधम प्रर्दशन भइरहेका छन यी पाँच चलचित्र

Banner

चितवन, साउन २५-

क्युएफएक्स सिनेमाको सिजी मल र जलमा हलमा आज पाँच चलचित्र प्रदर्शन हुँदै छन् । नेपाली चलचित्र ‘नम्बरी सुन’ आजबाट प्रदर्शनमा आएको हो भने ‘घरज्वाई’, ‘बोर्डरल्याण्ड्स’, ‘औरों मे कहाँ दम था’ र डेढपुल एण्ड वल्भरिन प्रदर्शनरत चलचित्र हुन् । नम्बरी सुनमा सराेज खनाल, गाैरव पहारी, नम्रता सापकाेटा र बुद्धि तामाङकाे मुख्य अभिनय रहेकाे छ । राजु गिरीकाे निर्देशनमा बनेकाे यस चलचित्रमा माया प्रेमकाे कथा र कमेडी रहेकाे छ ।

 अंग्रेजी चलचित्र डेढपुल एण्ड वल्भरिन चलचित्र १६ वर्षमाथिका दर्शकले मात्रै हेर्न पाउनेछन् । नम्बरी सुनले जलमामा एक र सिजी मलमा दुई वटा शो पाएको छ । डेढपुल एण्ड वल्भरिनको सिजी मल र जलमामा दुई/दुई वटा शो रहेको छ । घरज्वाईको जलमामा एक र सिजी मलमा दुई वटा शो रहेको छ भने बोर्डरल्याण्ड्सले जलमा र सिजी मलमा एक/एक शो पाएको छ । औरों मे कहाँ दम था’ को जलमामा एउटा मात्रै शो रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>