चितवन विशेष
सेन्ट्रल कलेजको सांस्कृतिक कार्यक्रममा कलाकार पशुपती शर्मा आउँदै, अरू काे-काे आउँदैछन् ?

चितवन, साउन २५-
सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले १६औँ वार्षिकोत्सवको अवसरमा आज वृहत रक्तदान र सांस्कृतिक कार्यक्रमका साथै सेन्ट्रल टावर र सेन्ट्रल मोडल कलेजको उद्घाटन हुँदै छ ।
बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम हुँदै छ भने बिहान ११ बजेदेखि सांस्कृतिक कार्यक्रम हुने सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी)ले जानकारी दिए । सांस्कृतिक कार्यक्रममा चर्चित कलाकार पशुपती शर्मा, नेपाल आइडल सिजन ५ का विजेता करन परियार र कमेडी च्याम्पियन सुनिल खड्काले प्रस्तुती दिने छन् । स्थानीय कलाकार सञ्जय देवकोटा लगायतको पनि प्रस्तुती रहने पौडेलले बताए ।
अन्य विविध कार्यक्रम गर्दै सेन्ट्रल कलेजले आज वार्षिकोत्सव मनाउँदै छ । सेन्ट्रल ग्रुपले सञ्चालनमा ल्याएको सेन्ट्रल मोडल कलेजमा बिएचएम र बिआइएम पढाई हुँदै छ । सेन्ट्रल कलेजले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ । नेपालमै पनि उच्च शिक्षा पढाउने गरी सेन्ट्रल मोडल कलेज स्थापना गरिएको पौडेलले बताए ।
वार्षिकोत्सवको अवसरमा क्रिकेट, फुटवल र भलिबल खेलसँग सम्बन्धित विभिन्न क्लबहरुलाई खेल सामाग्री वितरण गरिने उनले बताए । त्यस्तै, सेन्ट्रल कलेज सम्बन्धि म्युजिक भिडियो प्रिमियर शो र सामाजिक संघसंस्थालाई सम्मान गरिने उनले जानकारी दिए ।


























