समाचार

स्कुल बसले ठक्कर दिँदा गोठालो गएका युवा र १३ वटा खसी-बाख्राको मृत्यु

Banner

दाङ, साउन २४-

बाँकेमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। साथै उक्त बसले ठक्कर दिँदा १३ वटा खसी-बाख्रा समेत मरेका छन्। बसको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए।

घटना बिहीबार साँझ ५ बजेतिरको हो। बाँकेको कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको स्कुल बसले ढकेरी पुल नजिकै बाख्रा गोठालालाई ठक्कर दिएको थियो। बसको ठक्करबाट १३ वटा खसी बाख्रा पनि मरेको एसपी कार्कीले बताए। अन्य केही खसी बाख्रा भने घाइते छन्।

ठक्कर दिने बस कोहलपुर नगरपालिका–१२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कुलको भएको उनले बताए। घटनापछि आक्रोशित स्थानीयले केहीबरे पूर्व-पश्चिम राजमार्ग अवरूद्ध पारेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>