चितवन विशेष

बिग्रिएको भरतपुर अस्पतालको एमआरआई मेसिन बन्यो, बिहिबारदेखि नियमित सेवा सुरु

Banner

चितवन, साउन २४-
चट्याङ लागेर बिग्रिएपछि बन्द भएको भरतपुर अस्पतालको एमआरआई सेवा पुनः सुचारु भएको छ । मेशिन मर्मत गरेसँगै एमआरआई सेवा आजबाट पुनः सुचारु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार १६ गते एमआरआई मेसिनको एमप्लिफायरमा चट्याङ्क लागेर बिग्रीएको थियो ।
जर्मनीमा बनेको सिमेन्स कम्पनीको ‘थ्री टेस्ला ६४ च्यानल’को सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याइएको थियो । अस्पतालमा राम्रोसंग अर्थिङ्ग भए पनि मेसिनमा चट्याङ्गले क्षति गरेको थियो । भरतपुर अस्पतालमा असार २५ गतेदेखि एमआरआई सेवा सुरु गरिएको थियो । एमआरआई सेवा सुरुभएपछि यहाँ दैनिक १५–१८ जनाको हाराहारी बिरामीले एमआरआईको सेवा लिँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>