समाचार
जारको पानीमा ४७ र बोतलको पानीमा १६ रुपैयाँभन्दा बढी लिन नपाइने
०

काठमाण्डौ, साउन २४-
सरकारले काठमाण्डौ उपत्यकामा बिक्री हुने २० लिटरको जारको पानी र एक लिटर बोतलको पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निकालेर २० लिटरको जारको पानीको ४७ रुपैयाँ र एक लिटर बोतलको पानीको १६ रुपैयाँ तोकेको जानकारी गराएको हो । तोकिएको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही हुने विभागको सूचनामा उल्लेख छ ।
यस्तै विभागले विभिन्न पानी उत्पादकहरूले होटल, रेस्टुरेन्ट, व्यावसायिक सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक-फरक ‘एमआरपी’ अर्थात् अधिकतम खुद्रा मूल्य लगाई बजारमा पठाउने गरेको पाइएको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























