अन्तर्राष्ट्रिय

एक हजार बंगलादेशीको भारत पस्ने प्रयास असफल, सीमामै रोकिए

Banner

काठमाडौँ, साउन २३-

बंगलादेशको अवस्था यतिबेला तनावपूर्ण छ।

प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिनाले देश छाडेपछि त्यहाँ हिन्दु बंगलादेशीहरूलाई अत्याचार भइरहेको आरोप छ। यसैबीच १ हजारभन्दा बढी बंगलादेशी हिन्दु पश्चिम बंगालको जलपाईगुडीमा रहेको भारत-बंगलादेश सीमामा आइपुगेका छन्।

उनीहरू सीमा पार गरेर भारत आउन चाहन्छन्। तर उनीहरूलाई बीएसएफले भारत पस्न नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बीएसएफले उनीहरूलाई सतकुरा सीमामै रोकेको हो। यो घटना जलपाइगुडी जिल्लाको दक्षिण बेरुबारी पञ्चायतको हो।

बुधबार दिउँसो एक हजारभन्दा बढी बंगलादेशी, जसमा अधिकांश हिन्दु थिए, भारतीय सीमामा घुसपैठ गर्ने प्रयास गरेका थिए। यसको सूचना पाएपछि बीएसएफले त्यहाँ पुगेर घुसपैठ रोकेको हो।

सीमामा भेला भएका बंगलादेशीहरू भारत प्रवेश गर्न आतुर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>