अन्तर्राष्ट्रिय

ओभरवेटका कारण ओलम्पिक फाइनल खेल्न नपाउँदा विनेस फोगटले गरिन् कुस्तीलाई अलबिदा

Banner

काठमाडौं, साउन २४-

भारतीय पहलमान विनेश फोगटले सन्न्यास घोषणा गरेकी छन् । ओलम्पिकको फाइनलमा अयोग्य ठहरिएपछि उनले सन्न्यास घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले कुस्तीलाई अलबिदा गरेकी छिन्।

५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी फोगटले फाइनलसम्मको यात्रा तय गरेकी थिइन् । तर ओभरवेट रहेको पाइएपछि उनलाई फाइनल खेल्न अयोग्य ठहर गरिएको थियो । त्यससँगै उनले कुनै पनि पदक नपाउने भएकी छन् ।

फोगटले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘माफ गर्नुस् आमा, तपाईँको सपना मेरो हिम्मत सबै टुट्यो ।अब योभन्दा बढी तागत मसित छैन । अलबिदा कुस्ती ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>