बागलुङ
आरुपाटा पहिरोः ३ वर्षीय आरुष थापा मृत भेटिए, मृतकको संख्या ९ पुग्यो
०

काठमाडौँ, साउन २३-
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १०, आरुपाटामा पहिरोमा बेपत्ता ३ वर्षीय आरुष थापा मृत भेटिएका छन्।
उद्धारमा खटिएको टोलीले बुधबार उनको शव फेला पारेको हो।
आरुषको शव भेटिएसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। यसअघि मंगलबार ८ जनाको मृत्यु भइसकेको छ।
मंगलबार गएको पहिरोमा बेपत्ता अझै ३ जनाको अवस्था थाहा हुन सकेको छैन।
बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वलीका अनुसार ११ वर्षीय सुमन थापा, ७ वर्षीया मधु थापा र १० वर्षका मनोज बुढाको खोजी जारी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























