समाचार

विदेश पठाइदिन्छु भन्दै दुई करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा एक पक्राउ

Banner

काठमाडौं, साउन २३-

वैदेशिक रोजगारमा विभिन्न विदेश पठाइदिने प्रलोभन देखाई झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने सिराहाको कर्जन्हा नगरपालिका–६ बस्ने ३२ वर्षीय गुनेशकुमार ठाकुरलाई सोमबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गुनेशले वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभन देखाई ८५ जना पीडितहरूबाट एक करोड ९७ लाख १७ हजार रूपैयाँ उठाई ठगी गरेका थिए ।

गुनेशले काठमाडौंको बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशमा पठाइदिन्छु भनी पीडितहरूबाट उक्त रकम उठाएको प्रहरीको भनाइ छ ।

पीडितबाट पैसा उठाएपछि गुनेश सम्पर्कविहीन भएका थिए । पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>