अन्तर्राष्ट्रिय

ढलभित्र प्लास्टिकले बेरेको अवस्थामा पुरुषको शव फेला

Banner

हङकङ, साउन २३-

हङकङमा एक पुरुषको शव नालामा भेटिएको छ । आज (बुधबार) बिहान क्यासल पिक रोडको नालामा ७० वर्षीय पुरुषको शव फेला परेको हो ।

सामचेङस्थित गार्डेन कम्पनी प्लाननजिकै सडकमा कालो प्लास्टिकको झोलामा बेरिएको अवस्थामा ढलभित्र शव फेला परेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

प्रहरीले मृतकको व्यक्तिगत सामान पनि ढलभित्र फेला परेको जनाएको छ। प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>