खेलकुद

रेखाले यूएईमा व्यावसायीक फुटबल खेल्ने

Banner

काठमाडौं, साउन २३-

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेलले यूएईमा व्यावसायीक फुटबल खेल्ने भएकी छिन्।

यूएईको घरेलु लिग च्याम्पियन क्लब आबु धावी कन्ट्री क्लबले रेखालाई आबद्ध गरेको हो। यूएईमा महिला फुटबल सुरुवात गर्न महत्वपूर्ण भूमिका रहेको आबु धाबी कन्ट्रीले पहिलोपटक आयोजना हुन लागेको एएफसी वुमन्स च्याम्पियन्स लिगको प्रिलिमिनरी राउन्डमा प्रतिस्पर्धा गर्दैछ।

आबु धावीले साउदी अरबको अल नासर, म्यानमारको म्यावादी र लाओसको यङ इलेफेन्टसँग प्रतिस्पर्धा गर्दैछ। समूहको विजेता च्याम्पियन्स लिगको समूहगत चरणमा पुग्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>