खेलकुद
नेपाल-भारतबीचको भलिबल फाइनल हेर्न प्रधानमन्त्री ओली जाने
०

काठमाडौं, साउन २३-
प्रधानमन्त्री केपी शर्मा ओली आज काभा वुमन्स नेसन्स भलिबलको फाइनल खेल हेर्न जाने भएका छन् ।
प्रतियोगिता अन्तर्गत आज नेपाल र भारत बिच हुने फाइनल खेलको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।
नेपाल र भारतको फाइनल खेल दशरथ रंगशाला कभर्डहलमा बुधवार साँझ पाँच बजे सुरु हुनेछ ।
घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँग खेल्दै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























