अन्तर्राष्ट्रिय

मलाई देश छोड्न बाध्य बनाउने शेख हसिनाले अहिले आफैँ देश छोड्नु पर्‍यो- तसलिमा नसरिन

Banner

काठमाडौं, साउन २२-

बंगलादेशकी चर्चित लेखिका तसलिमा नसरिनले प्रधानमन्त्री पद त्यागेर देश छोडेकी शेख हसिनाप्रति व्यंग्य गरेकी छिन् ।सन् १९९९ मा इस्लामिक कट्टरपन्थीहरूलाई खुसी बनाउन आफूलाई देश जोड्न बाध्य बनाउने हसिनाले तिनै कट्टरपन्थीका कारण अहिले देश छोड्नुपरेको भन्दै तसलिमाले व्यंग्य गरेको भारतीय सञ्चारमाध्यम एबीपी न्युजले समाचार बनाएको छ ।

‘शेख हसिनाले इस्लामवादीलाई खुसी बनाउन सन् १९९९ मा मलाई देश निकाला गरेकी थिइन् । जुन मानिसले त्यसबेला हसिनालाई खुसी दिएका थिए । अहिले तिनैले हसिनालाई देश निकाला गरिदिएका छन्,’ तसलिमाले भनेकी छिन् । बंगलादेशमा अप्पसंख्यक हिन्दूहरूमाथि भएको ज्यादतीको विषयलाई लिएर लेखिएको उपन्यास ‘लज्जा’लाई लिएर तसलिमाले १९९९ मा देश छोड्नुपरेको थियो । अहिले पनि उनले निर्वासित जीवन बिताइरहेकी छिन् । विद्यार्थीको नेतृत्वमा भएको आन्दोलन चर्किएर उग्ररुप लिएपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले सोमवार राजीनामा दिएर देश छोडेकी छिन् । प्रधानमन्त्रीको कार्यालयलगायत सबै आन्दोलनकारीले कब्जा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>