अन्तर्राष्ट्रिय

बंगलादेशको आन्दोलनमा नेतृत्व गर्ने २६ वर्षे युवा को हुन् ?

Banner

ढाका,साउन २२-

बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई १५ वर्ष लामो सत्ताबाट हटाउने आन्दोलनको नेतृत्व गरेका २६ वर्षिय युवक नहिद इश्लाम को हुन् भन्ने प्रश्न अहिले उठिरहेको छ ।

ढाका विश्वविद्यालयमा सोसियोलोजीका विद्यार्थी इश्लामले ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेसन मुभमेन्ट’को राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै आएका थिए ।

उनकै नेतृत्वमा आरक्षण विरोधी आन्दोलन बंगलादेशमा सुरु भएकोमा सो आन्दोलन पछि प्रधानमन्त्रीको राजीनामामा केन्द्रित भएको थियो । उनलाई १९ जुलाई २०२४को मध्यरातमा कम्तिमा २५ जनाको एउटा समूहले ढाकाको सबुजबागस्थित घरबाट समातेर अज्ञातस्थलमा लगेर विद्यार्थी आन्दोलन सुरु गर्नुको कारणबारेमा सोधेको थियो ।

उनलाई पूर्वाकाल्फको पुल मुनि २१ जुलाई २०२४ मा अचेत अवस्थामा भेटिएको थियो । उनलाई २६ जुलाईमा गोनोशास्थ्य नगर अस्पतालमा प्रहरीले लगेको जनाइएको छ ।

अस्कर टाउकोमा बंगलादेशको झण्डा बाँधेको अवस्थामा देखिने इश्लाम नरम रुपमा बोल्ने गर्दछन् । उनले मंगलबार मात्रै सेनाले गर्ने सरकारको नेतृत्व स्वीकार नगर्ने भन्दै नोबेल पुरस्कार बिजेता अर्थशास्त्री मोहम्मद युनुसलाई सरकार प्रमुख बनाउनुपर्ने माग राखेका छन् ।

उनले सोमबार विद्यार्थीहरुलाई सम्बोधन गर्दै आफूहरुले आफूहरुको कारणले रगत बगाउने शहिदहरुलाई धोका नदिने बताएका थिए । १९९८मा ढाकामा जन्मेका उनी विवाहित हुन् र एक जना भाइ नकिव पनि छन् । उनका बाबु शिक्षक हुन् भने आमा ‘होममेकर’ हुन् ।

जानकारहरुका अनुसार उनी देशमा परिवर्तन हुनुपर्छ भन्ने गर्दथे । उनको नेतृत्वको आन्दोलनका क्रममा बंगलादेशमा करिब ३०० जनाको मृत्यु भएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>