घटना -दुर्घटना
भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु
०

काठमाडौं, साउन २२-
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएर भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो । सोमबार साँझ बाल्टिनमा रहेको पानीमा डुबेर उनी घाइते भएकी थिइन् ।
उपचारको क्रममा ख्वप अस्पताल च्यामासिंहमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























