अन्तर्राष्ट्रिय

शेख हसिना अब राजनीतिमा नफर्कने

Banner

काठमाण्डौँ, साउन २१-

पदबाट राजीनामा दिँदै देश छाडेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नफर्कने भएकी छन्।

देशव्यापी आन्दोलन हिंसात्मक बनेपछि सोमबार देश छाडेकी उनी भारत हुँदै लण्डन जाने तयारीमा छिन्। बीबीसीसँग कुरा गर्दै उनका छोरा सजिब वाजेद जोयले देशका लागि लामो समय संघर्ष गरेपनि आरक्षणसम्बन्धी विषयलाई लिएर देशव्यापी आन्दोलन भएकोमा हसिनाले दुःख व्यक्त गरेकी थिइन्।

पारिवारिक सल्लाह अनुसार नै हसिनाले देश छाडेको जानकारी दिँदै जोयले आन्दोलन थप चर्किएपछि सत्ता छाड्ने मनस्थितिमा पुगेको उल्लेख गरे। १५ वर्षअघि सत्तामा पुग्दा गरिब देशको सूचीमा रहेको बङ्गलादेशलाई विश्वसामु चिनाउन हसिनाले गरेको योगदान भुल्न नहुने बताउँदै जोएले बंगलादेश अहिले समृद्ध उन्मुख देशको सूचीमा रहेको दाबी गरे।

पूर्वप्रधानमन्त्री हसिनाका आधिकारिक सल्लाहकारसमेत रहेका जोयले आन्दोलन दबाउन सरकारले कुनै बल प्रयोग नगरेको दाबी गर्दै भने, ‘तपाईंले हिजो मात्र भीडले १३ सुरक्षाकर्मीलाई निर्घात कुटपिट गरेको देख्नु भएको छ। त्यसो भए भीडले मानिसहरूलाई कुटपिट गर्दा पुलिसले के गर्ने अपेक्षा गर्नुहुन्छ?’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>