अन्तर्राष्ट्रिय

शेख हसिना सवार विमान भारत अवतरण, त्यहाँबाट पनि लन्डन भाग्ने तयारी

Banner

काठमाडौं,साउन २१-

बंगलादेशमा व्यापक हिंसात्मक प्रदर्शन भएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी शेख हसिना भारत आइपुगेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार शेख हसिनाको विमान सोमबार साँझ भारतको उत्तर प्रदेशको गाजियाबादस्थित हिन्डन एयरबेसमा अवतरण गरेको हो।

स्रोतका अनुसार शेख हसिनाको विमानमा इन्धन भरिनेछ र त्यसपछि उनी लन्डन प्रस्थान गर्नेछिन्। बंगलादेश वायुसेनाको विमानबाट भारत पुगेकी हसिनालाई एयरबेसमा भारतीय वायुसेवाका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार शेख हसिनाकी बहिनी पनि त्यहाँ छन्। दुवैजनासँग केही सामान पनि छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>