अन्तर्राष्ट्रिय

बंगलादेशी प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा

Banner

काठमाडौँ,साउन २१ –

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । ढाकास्थित संवाददातालाई उद्धृत गर्दै बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको हो । अर्को एक रिपोर्टमा प्रधानमन्त्री हसिनाले बंगलादेश छाडिसकेको समेत उल्लेख छ । यसअघि सुरक्षाका लागि भन्दै प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले सरकारी निवास गणभवन छाडिसकेको समाचार सार्वजनिक भएको थियो ।

यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>