अन्तर्राष्ट्रिय

बंगलादेश नजान भारतीयलाई ‘सर्कुलर’

Banner

नयाँ दिल्ली, साउन २१-

भारत सरकारले आफ्ना नागरिकलाई अर्को सूचना जारी नभएसम्म बंगलादेश नजान आग्रह गरेको छ । बंगलादेशमा रहेका आफ्ना नागरिकलाई पनि अत्यन्त होसियारी अपनाउन र बाहिर हिँड्डुल नगर्न आग्रह गरेको छ ।

आइतबारदेखि बंगलादेशमा विद्यार्थी आन्दोलन पुनः चर्किएपछि भारतले आफ्ना नागरिकका लागि ‘सर्कुलर’ जारी गरेको हो । बंगलादेशको पछिल्लो आन्दोलनमा मृत्यु हुनेको संख्या करिब १०० पुगिसकेको छ ।

त्यहाँ रहेका भारतीयलाई स्थानीय भारतीय हाइकमिसनको सम्पर्कमा रहन समेत आग्रह गरिएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>