समाचार

बौद्ध धर्मावलम्बी नेवार समुदायको ‘गुँला’ पर्व शुरु

Banner

काठमाडौं,साउन २१-

बौद्ध धर्मावलम्बी नेवार समुदायको ‘गुँला’ पर्व शुरु भएको छ। यो पर्व गुँलाथ्व पारु (श्रावण शुक्ल प्रतिपदा) मा शुरु भएर ञलाथ्व पारु (भाद्र शुक्ल प्रतिपदा) सम्म मनाउने परम्परा छ। नेपाल संवतको नवौँ महिनामा यो पर्व मनाइन्छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भन्ने बुझिन्छ।

एक महिनासम्म विभिन्न बाजागाजासहित बौद्ध चैत्य गुम्बा र बिहार परिक्रमा गर्ने चलन छ। विशेषगरी बौद्धमार्गीको पर्व भए पनि अचेल हिन्दु समुदायका श्रद्धालु पनि यो पर्वमा सहभागी हुन थालेका छन्। बौद्ध धार्मिक स्थलसँगै मठमन्दिर पनि परिक्रमा गर्ने चलन बढेको बताइएको छ।

यो अवधिभर माछामासु, जाँडरक्सी आदि खान नहुने मान्यता छ। यो वर्ष सोमबार (साउन २१) मा शुरु भएको यो पर्व भदौ १९ गते समापन हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>