चितवन विशेष

जुगेडी पुलबाट टेलर खस्यो, दुई जना घाइते

Banner

चितवन, साउन २०-

चितवनमा टेलर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ मुग्लिन राजमार्गको जुगेडी पुलबाट आज साढे ४ बजे टेलर खस्दा टेलरमा सवार  दुईजना घाईते भएका हुन् ।

पोखराबाट विरगञ्ज तर्फ आइरहेको ना ८ ख ८७०५ नम्बरको खाली टेलर आफै अनियन्त्रित भई खोलामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा परेर टेलर चाकल विरगञ्ज महानगरपालिका-२८ बगहीका २३ वर्षिय सन्तोष महत्तो र सोही ठाउँका  २१ बर्षिय  सहचालक मनिलाल महत्तो घाइते भएका छन् । चालक सन्तोषको बायाँ हात र घुँडामा चोट लागेको छ । त्यस्तै सहचालक मनिलालको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । अहिले उनीहरुको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>