खेलकुद

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रलाई रजत

Banner

काठमाडौं, साउन २०-

नेपालका खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् । थाइल्याण्डमा आयोजना भइरहेको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी चन्द्रबहादुरले रजत पदक जितेका हुन् ।

पुरुष ५०/५५ केजी तौलको प्रतिस्पर्धामा फाइनलमा चन्द्र थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भएका हुन् ।

प्रतियोगितामा आइतबार नेपालकी मेग्मा गुरुङले पनि फाइनल खेल्दैछिन् भने राजेन्द्र तामाङ र ईमा थापाको सेमिफाइनल खेल छ ।

अगस्त १ देखि थाइल्याण्डको नन्थावुरी स्टेडियममा सुरु भएको च्याम्पियनसिप अगष्ट ४ मा सकिनेछ । प्रतियोगितामा नेपालबाट कुल ६ खेलाडी सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>