चितवन विशेष

चितवनको स्काइराइडरका दुई विद्यार्थीले कक्षा १२ को परीक्षामा ल्याए उत्कृष्ट नतिजा

Banner

चितवन, साउन २०-

पूर्वी चितवनको रत्ननगरस्थित स्काइराइडर आवासीय माविका दुई जना विद्यार्थीले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार स्काइराइडरमा विज्ञान विषय लिएर अध्ययन गरेका पुजग डल्लाकोटी र अनिश भट्टले समान ३.९६ जिपिए ल्याएर आफूहरुलाई राष्ट्रियस्तरमै अब्बल साबित गरेका हुन् । डल्लाकोटी र भट्ट रत्ननगर निवासी हुन् ।

डल्लाकोटी स्काइराइडरमा नर्सरीदेखि र भट्ट कक्षा ४ बाट अध्ययन गरिरहेको विद्यालयका प्राचार्य मदन पुरीले जानकारी दिए । एसइई र कक्षा ११ मा ‘ए’ प्लस ल्याएर उत्तीर्ण भएका डल्लाकोटी र भट्टले कक्षा १२ मा पनि उत्कृष्ट अङ्क ल्याउन सफल भएका हुन् ।

कक्षा १२ को परीक्षामा चार जिपिए ल्याउने विद्यार्थी अहिलेसम्म भेटिएका छैनन् । परीक्षा बोर्डले ३.९६ जिपिए ल्याउने विद्यार्थीको उत्कृष्ट नतिजा भनेको छ । स्काइराइडर आवासीय माविले भने डल्लाकोटी र भट्ट नेपाल प्रथम भएको दाबी गरेको छ । प्राचार्य पुरीले नेपाल प्रथम भनेर स्तर छुट्याउने प्रचलनको अन्त्य भएकाले स्काइराइडरका दुई छात्रले राष्ट्रियरुपमै उत्कृष्ट अङ्क ल्याउन सफल भएको बताए ।

सो विद्यालयबाट विज्ञान विषयतर्फ ३२ जना ‘ए’ प्लस, ४९ जना ‘ए’, १६ जना ‘बी’ प्लस र ४ जनाले ‘बी’ श्रेणीमा उत्तीर्ण भएका छन् । विज्ञान विषयमा छात्रातर्फ निभा श्रेष्ठले ३.९० जिपिए ल्याएकी छन् । व्यवस्थापनतर्फ २५ जना विद्यार्थीले ‘ए’ प्लस, ७२ जना विद्यार्थीले ‘ए’, ८३ जना विद्यार्थी ‘बी’ प्लस र १३ जना विद्यार्थी ‘बी’ श्रेणीमा उत्तीर्ण भएका छन् । व्यवस्थापनतर्फ प्रतीक खरेलले ३.८० जिपिए अङ्क ल्याएर आफुलाई अब्बल साबित गरेका छन् ।

स्काइराइडरका विज्ञान विभाग प्रमुख शरदराज अधिकारीले विद्यार्थीको लगनशीलता र शिक्षकहरुको अथक प्रयासबाट कक्षा १२ को परीक्षामा विद्यालयले उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए । ‘शिक्षक, विद्यार्थी र अभिभावकको प्रयासबाट राष्ट्रियस्तरमै सर्वोत्कृष्ट नतिजा निकाल्न सफल भएका हौँ’, उनले भने, ‘अहिलेको नतिजाले अभिभावकले शिक्षामा गरेको लगानी सुरक्षित गरेको छ ।’ जीवन उपयोगी शिक्षासहित कक्षा १२ सम्म पढाइ हुने स्काइराइडरमा ३ हजार ५०० विद्यार्थी अध्ययन गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>