खेलकुद

महिला भलिबल : नेपाल र इरानको खेल आज

Banner

काठमाडौं, साउन २०-

काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ।

नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहान्छ। शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ।

इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यसहित मैदान प्रवेश गर्नेछ।

लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ। समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ। २ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहीन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ।

नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो। दोस्रो खेलमा भने शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो। इरानले भने शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो। श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>