चितवन विशेष

नेकपा एमाले भरतपुर ६ को अध्यक्षमा पुनः उमेश राज तिवारी चयन

Banner

चितवन, साउन १९-
नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ६ को ११ औं वडा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले उमेश राज तिवारीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । तिवारी यस अघि पनि वडा कमिटीका अध्यक्ष हुन् ।

कमिटीको उपाध्यक्षमा रामबहादुर भण्डारी, सचिवमा उत्तमनाथ शर्मा घिमिरे, उपसचिवहरुमा निर्मला लामिछाने र शोभा अधिकारी बिष्ट चयन भएका छन् ।

अधिवेशनमा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्य यमबहादुर परियार, केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरि सापकोटा, एमाले प्रदेश कमिटी सदस्यहरु कृष्ण भूर्तेल, रामप्रसाद न्यौपाने, एमाले चितवनका कार्यवाहक अध्यक्ष श्याम कुमार विष्ट, सचिव प्रकाश ढुंगाना, महानगर अध्यक्ष शंकर थपलिया लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>