राजनीति

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्छौँः प्रधानमन्त्री

Banner

काठमाडौँ, साउन १९-

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रधानमन्त्रीले यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने विश्वास व्यक्त गरेका छन् । उनले विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरुलाई अनुरोध समेत गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले ती विमानस्थललाई कसरी पूर्ण क्षमतामा चलाउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन दिन कार्यदल बनाएको पनि उल्लेख गरेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>