राजनीति

आर्थिक परिवर्तनका लागि कांग्रेस-एमाले सरकार: उपप्रधानमन्त्री सिंह

Banner

काठमाडौँ, साउन १९-

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा मिलेर सरकार बनाएको बताएका छन्।

शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन्।

यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा अस्थीरता भएको भन्दै राजनीतिक स्थीरताका लागि अहिलेको गठबन्धन बनेको उनको भनाइ थियो। राजनीतिक स्थायित्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई याथावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ उपप्रधानमन्त्री सिंहले भने , जिम्मेवारी ठुलो छ। त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>