बाढि पहिरो
रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमाको ज्यान गयो, नातिनी बेपत्ता
०

काठमाण्डौ, साउन १९–
रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् । सुनछहरी गाउँपालिका वडा नम्बर–४ कामी डाँडामा गएराति साढे नौ बजेतिर गएको पहिराले घरसँगै ६० वर्षकी बसुना सुनार र उहाँकी चार वर्षकी नातिनीलाई पुरेको थियो ।
खोजी गर्ने क्रममा बसुनाको शव भेटिएको र उहाँकी नातिनीको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाले जानकारी दिनुभयो । पहिरो जाँदा बसुनाका छोरा र बुहारी घर बाहिर रहेकाले जोगिएका छन् । फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























